२०८३ असार १७ बुधबार

अत्यधिक गर्मी बढेपछि मेचीनगरका विद्यालय सोमबार बन्द

मेचीनगर। गर्मी अत्यधिक बढेपछि मेचीनगरका विद्यालयको पठनपाठन स्थगित गरिएको छ ।

गर्मीका कारण विद्यालयमा पठनपाठनमा समस्या आएको गुनासो प्राप्त भएकाले सोमबार १ दिनलाई बिदा दिने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले जानकारी दिए ।

“मौसमको अवस्था हेरेर १ दिनलाई बिदा दिइएको हो, भण्डारीले भने- मंगलबार बिदानै छ, अवस्था सामान्य भए बुधबारबाट नियमित पठनपाठन हुनेछ ।”

हाललाई दिएको बिदा आउँदो बर्खे बिदाबाट कट्टी गरिने भण्डारीले बताए ।

झापामा गर्मीकै कारण २ जनाको मृत्यु भएको समाचारहरु प्रकाशित भएका थिए ।

पछिल्लो दिनहरुमा झापाको तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

२०८१ जेष्ठ १३, आईतवार प्रकाशित 1 Minute 361 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।