काँकरभिट्टा, १३ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको जेठ २६ गते हुन गइरहेको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गरिएको छ ।
१२ पदका लागि ३४ जना उम्मेदवारले मनोनयन दर्ता गरेको छन् ।

अध्यक्ष पदमा सुदर्शन खड्का, सन्तोष आचार्य र रोहित बुढाथोकीले नाम दर्ता गरेका छन् ।
खड्काले रास्वपाको एकल प्यानलबाट, आचार्यले एमाले नेतृत्वको प्यानलबाट र बुढाथोकीले कांग्रेस नेतृत्वको प्यानलबाट उम्मेदवारी दर्ता गरेका हुन् ।
यो निर्वाचनमा राजनीतिक दलहरुको तीन वटा प्यानल गठन गरेका छन् । नेकपा एमाले नेतृत्वको प्यानलमा जनता समाजबादी पार्टी छ भने नेपाली कांग्रेस नेतृत्वको प्यानलमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । रासवपा एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
करिब ८ हजार मतदाता रहेको यस निर्वाचनमा मेचीनगरको २, ३, ४, ५, ६, ७ र ८ नम्बर गरी ७ वटा वडाका मतदाताले मतदान गर्ने छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



