२०८१ भाद्र ३१ सोमबार

काँकरभिट्टा खानेपानीमा त्रिपक्षीय भिडन्त

मेचीनगर । महत्वका साथ हेरिएको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष पदमा ३ जनाले उम्मेदवारी घोषणा गरेसँगै त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ ।

जेठ २६ मा निर्वाचन हुने भएपछि नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा ३ जनाले उम्मेदवारी घोषणा गरेका हुन् । मेचीनगरका राजनीतिक दलहरुको प्रतिष्ठासँग जोडिएकाले यस संस्थाको नेतृत्वमा पुग्न ठुलै दौडधुप हुने गरेको छ । निर्वाचन मिति नजिकिँदै जाँदा माहोल पनि त्यति नै बढ्दै गइरहेको छ ।

संस्थाको नेतृत्व सम्हाल्न भन्दै प्रगतिशील-समाजवादी प्यानलको तर्फबाट सन्तोष आचार्यको नेतृत्वमा संयुक्त प्यानल घोषणा गरिएको छ । जसको उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा दिलीपजंग सुब्बा, कोषाध्यक्षमा बिमला तामाङ, सदस्यहरुमा तीर्थ नेपाल, पर्शुराम निरौला, डिल्लीकुमार काफ्लेलाई अघि सारिएको छ । खुल्ला महिला सदस्यतर्फ मीरा कार्की र इन्दिरा बुढाथोकी कार्कीको नाम घोषणा गरिएको छ । त्यस्तै, लेखा समिति संयोजकमा विकेन्द्र धिमाल, सदस्यहरुमा जश्ना राजवंशी र बालकुमार भुजेल रहेका छन् ।

लोकतान्त्रिक, प्रगतिशील साझा प्यानलको तर्फबाट रोहित बुढाथोकी नेतृत्वमा संयुक्त प्यानल घोषणा गरिएको छ । जसको उपाध्यक्षमा राजु दाहाल, सचिवमा विशाल तामाङ, कोषाध्यक्षमा बिमला देवकोटा, लेखा समिति संयोजकमा किशोर भण्डारी रहेका छन् । यसैगरी, सदस्यहरुमा पवित्रा तिवारी, सीता कार्की, पूणर् योङहाङ लिम्बु, केदारजंग भट्टराई र इन्द्र प्रधानको उम्मेदवारी रहनेछ ।

यता, सुदर्शन खड्काको नेतृत्वमा स्वतन्त्र खानेपानी उपभोक्ता समूह निर्माण गरेर स्वतन्त्र उम्मेदवारी घोषणा गरिएको छ । जसको उपाध्यक्ष पदमा कृष्ण सुवेदी, सचिवमा नरेन्द्र शिवाकोटी तथा कोषाध्यक्षमा सुधादेवी खड्काको उमेद्वारी रहने छ । सदस्यहरुमा दिपेश तिवारी, राजकुमार गिरी, सुनिता सहनी र लक्ष्मी कटुवालले उम्मेदवारी घोषणा गरेका छन् । लेखा समितिको संयोजकमा भेषराज ओली र सदस्यमा बिनोद बानियाँको उम्मेद्वारी घोषणा भएको छ ।

२०८१ जेष्ठ १०, बिहीबार प्रकाशित 1 Minute 316 Views

ताजा समाचार