२०८१ भाद्र २६ बुधबार

दमकमा गोली प्रहारबाट घाइते किशोरीलाई उपचार खर्च अभाव, अस्पतालबाट डिस्चार्ज हुन सकिनन्

झापा — गत वैशाख २१ मा  दमकमा गोली प्रहारबाट गम्भीर घाइते भएकी किशोरी खर्च अभावले अस्पताल बाट डिस्चार्ज हुनै सकेकी छैनन् ।

कक्षा १२ को परीक्षा दिएर निस्किदै गरेकी उनलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेका थिए।

गर्धनमा प्रहार गरिएको गोली उनको पेटमा लागेको थियो । गोलिको छर्रा लागेर उनको आन्द्रामा सात वटा प्वाल परेको थियो । स्थानीय लाइफलाइन अस्पतालमा उपचाररत उनलाई अस्पतालले दुई दिनअघि नै डिस्चार्ज दिएको थियो । उपचारका क्रममा करिब ६ लाख बिल भएको र उक्त रकम तिर्न नसक्दा उनी डिस्चार्ज हुनै नपाएकी हुन् ।

उनकी दिदीले ऋण गरेर करिब डेढ लाख अस्पताललाई बुझाएको र बाँकी रकम तिर्न असमर्थ भएको बताइन् ।

‘उपचार खर्च तिर्न नसक्दा अस्पतालले बिदा दिएकै छैन’, दिदीले दु:खेसो गरिन्,’अब यत्रो पैसा कसरी तिर्ने थाहै छैन।’

दमकमा दिदीसँगै डेरा गरेर उनलाई करिब दुई वर्ष अघि शिक्षक यादवले बलत्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । त्यसयता फरार उनले मुद्दा फिर्ता लिन नमान्दा एरिकालाई ज्यान मार्ने उद्देश्यले गोली प्रहार गरेको देखिन्छ ।

गोली प्रहारपछि फरार उनलाई अहिलेसम्म प्रहरीप्रहरीले पक्राउ गर्न नसकेको भन्दै परिवारले दु:ख व्यक्त गरेको छ । इकान्तिपुर

२०८१ जेष्ठ ७, सोमबार प्रकाशित 1 Minute 132 Views

ताजा समाचार