२०८१ माघ २८ सोमबार

सुनजस्तो पहेँलो धातु देखाएर ठगी गर्ने उर्लाबारीका शर्मा दमकमा पक्राउ

दमक । सुनजस्तो पहेँलो धातुको टिल देखाएर महिलाहरूलाई ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका- ५ क्षेत्री बाहुन टोलका ३० वर्षीय सन्जित शर्मा रहेका छन् । उनले दमक नगरपालिकाको हाटबजार क्षेत्रमा ज्येष्ठ नागरिक र महिलाहरूलाई विभिन्न मितिहरूमा सुनजस्तो पहेँलो धातुको टिल देखाई नगद तथा महिलाहरूले लगाएका सुनका गर–गहनाहरूसँग सट्टापट्टा गरी ठगी गरेका थिए ।

सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दमकले खोजतलास गर्ने क्रममा बुधबार बिहान १० बजे दमक- ६ स्थित पशुहाटबाट उनलाई पक्राउ गरेको हो ।  उनको साथबाट ५६.३१० ग्राम सुनजस्तो देखिने पहेँलो धातु समेत बरामद भएको छ । उनलाई पक्राउ गरी आज झापा जिल्ला अदालतबाट ठगी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।

२०८१ जेष्ठ ४, शुक्रबार प्रकाशित 1 Minute 175 Views

ताजा समाचार