झापाको दमक नगरपालिका –३ स्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार साँझ ५ बजे तारावारिबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ८७३६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक झापा मेचीनगर नगरपालिका–५ का ३० वर्षीय सुनिल लावतीको मृत्यु भएको हो ।

घाइते लावतीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



