२०८१ जेष्ठ ६ आईतवार

झापामा बलात्कार आरोपमा किशोर पक्राउ

झापा । झापामा बलात्कार आरोपमा एक किशोर पक्राउ परेका छन् । तेह्रथुमको आठराई गाउँपालिका–१ का १९ वर्षीय सविन लाम्गादेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

१७ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

झापाको कनकाई नगरपालिका–५, चप्रामारीमा आइतबार राति उनले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

२०८१ जेष्ठ १, मंगलवार प्रकाशित 0 Minutes 114 Views

ताजा समाचार