२०८१ जेष्ठ ९ बुधबार

काँकरभिट्टाको मेची पुलमा अटो चालक ब्राउन सुगरसहित पक्राउ

काँकरभिट्टा । काँकरभिट्टाको मेची पुलमा लागूऔषध ब्राउन सुगरसहित एक अटो चालक पक्राउ परेका छन् ।

गएराति ९ बजेको समयमा मेचीनगर नगरपालिका-६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नं. १–०१–००२ ह ७९७ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा ५ ग्राम १९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

प्रहरीले अटो चालक ताप्लेजुङ मैवाखोला गाउँपालिका ४ घर भई हाल इलामको माई नगरपालिका ४ दानावारिका ३१ वर्षीय उमेश शेर्पालाई पक्राउ गरेको छ । अटोसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

२०८१ जेष्ठ १, मंगलवार प्रकाशित 1 Minute 66 Views

ताजा समाचार