२०८१ फाल्गुन ३ शनिबार

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ ।

आइतबार बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

उनले छ जनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार गर्दा बस पूर्ण रूपमा जलेको बताए ।

‘प्रहरी घटनास्थलमा पुगी घटनाको विवरण लिने काम भइरहेको छ । थप अनुसन्धानपछि मात्रै कसले र किन बम प्रहार गरेको भनेर खुल्ला’, उनले भनिन् । रासस

२०८१ बैशाख ३०, आईतवार प्रकाशित 1 Minute 123 Views

ताजा समाचार