२०८१ बैशाख १३ बिहीबार

विमान दुर्घटना : खोजी कार्य रातिलाई स्थगित, बिहानैदेखि सुरु गरिने

पोखरा । पोखरामा भएको विमान दुर्घटनामा हराइरहेका यात्रुको खोजी कार्य रातिलाई स्थगित गरी सोमबार बिहानैदेखि सुरु गरिने नेपाली सेनाले जानकारी दिएको छ । रातको समयमा सो कार्यलाई निरन्तरता दिन कठिन भएकोले भोलि बिहानैदेखि खोजी कार्य सुचारु गर्ने गरी फौज घटनास्थलमै रहेको नेपाली सेनाले जनाएको हो ।

आइतबार बिहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरलाइन्सको ATR 72 विमान अन्दाजी ११०० बजे कास्की जिल्लाको पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । खबर प्राप्त हुनासाथ नेपाली सेनाको टोली घटना स्थलमा परिचालन भएको थियो । करिब २०० जनाको सङ्ख्यामा परिचालित फौजले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य गरेको थियो ।

२०७९ माघ १, आईतवार प्रकाशित 1 Minute 200 Views

ताजा समाचार