‘पछि महिना महिनामा कटाउनु भनी दिएका हुन्, मैले त्यो रकम फिर्ता गरेको छैन’, उनले भनेका थिए । मृतक झाले आफ्नो डायरीमा पनि त्यसको विवरण लेखेका थिए ।
प्रहरीका अनुसार, नार्को जाँचमा पनि उनले झुट बोलेको खुलेको थियो । बयानका क्रममा पनि उनले कहिल्यै बलियो गरी प्रतिवाद नगरेको अधिकृतहरु बताउँछन् ।
पुर्पक्षका लागि थुनामा गइसकेका बेलासमेत एक प्रहरी अधिकृत उनलाई भेट्न केन्द्रीय कारागार, सुन्धारा पुगेका थिए । त्यसबेला समेत उनले ‘मैले मारेको होइन, तर तपाईंहरु सबैले भन्नुहुन्छ भने ठीकै छ’ भनेको ती अधिकृत बताउँछन् ।
‘उनले कहिल्यै स्ट्रङ डिफेन्ड गरेनन्, सफ्ट इन्कारी मात्र गरे’, उनी भन्छन्, ‘यसमा उनीबाहेक अरु किन संलग्न छैनन् भन्ने विषयमा लामै सूची बन्छ, अनुसन्धान अरु कोणतिर पनि अघि बढ्दैन ।’ यद्यपि, परिस्थितिजन्य प्रमाणबाहेक अरु आधार नभेटिँदा अदालतमा कसूर स्थापित हुन नसकेको त्यसबेला अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।
महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी भने परिस्थितिजन्य प्रमाणको आधारमा मात्र पनि अभियोग अदालतमा स्थापित भएको थुप्रै उदाहरण रहेको बताउँछन् ।
‘त्यो घटना अनुसार फरकफरक छ, यो केशमा के भएको हो भन्ने मैले अध्ययन गरेको छैन’, उनी भन्छन्, ‘तर, यसमा जिल्ला र उच्चको आदेशविरुद्ध सर्वोच्च अदालतसम्म जानसक्ने बाटो रहन्छ ।’अनलाइनखबरबाट