मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर–६ को अध्यक्षमा सुदर्शन खड्का सर्वसम्मत चयन भएका छन् ।
सो पार्टीको आइतवार भएको प्रथम वडास्तरीय अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । खड्का मेची सामुदायिक सेवा केन्द्रको कार्यसमिति सदस्यसमेत हुन् ।
त्यसैगरी, वडास्तरीय प्रथम अधिवेशनबाट वडा नम्बर १ को अध्यक्षमा राजन कार्की, २ को अध्यक्षमा पुरुषोत्तम काफ्ले, ७ को अध्यक्षमा दिपेश तिवारी, ८ को अध्यक्षमा राजकुमार गिरी, ९ को अध्यक्षमा ऋषिराम खनाल र १० को अध्यक्षमा भोला खनाल सर्वसम्मत चयन भएका छन् ।
उक्त पार्टीले देशव्यापीरुपमा प्रथम वडा अधिवेशन गरिरहँदा पहिलोचरण अन्तर्गत मेचीनगरका ७ वटा वडाहरुमा सभ्य, भव्य र व्यवस्थितरुपमा अधिवेशन सम्पन्न भएको जनाइएको छ ।