२०८२ बैशाख २७ शनिबार

चारआली महोत्सव आजबाट सुरु, दैनिक रास्ट्रिय कलाकार आगमन हुने

चारआली । स्थानीय पर्यटन र कलाको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको झापाको चारआलीस्थित ‘चारआली सांस्कृतिक महोत्सव-२०८०’को सम्पुर्ण तयारी पूरा भएको छ । महोत्सवका लागि आवश्यक पर्ने तयारीसहित महोत्सव स्थलको ब्यवस्थापन पुरा भएको आयोजकले जनाएको छ । सबै प्रक्रिया पूरा गर्दै  माघ ११ बिहीबार भब्य उद्घाटनको तयारीसमेत गरिएको टाँसी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगर-१३ का अध्यक्ष फुर्वा लामाले बताए ।

बौद्ध धर्म मान्ने शेर्पा, गुरुङ, तामाङ, मगर लगायत समुदायको सामुहिक प्रयास र गुम्बाको आयोजना रहेको र चारआली क्षेत्रलाई छुट्टै पहिचान दिने महोत्सवको उद्देश्य रहेको आयोजकको भनाई छ ।

चारआली क्षेत्रको पहिचान र पर्यटन प्रवर्द्धनका लागि माघ २० गते भव्य सांस्कृतिक कार्यक्रमसहित सडक महोत्सवको प्रदर्शनी गरिने गुम्बाका सचिव सोनमसिंह तामाङले बताए ।

माघ ११ गतेदेखि २४ गतेसम्म संचालन हुने महोत्सवमा विभिन्न जातजातीका पहिचान,स्थानीय ब्यवसायका स्टल, खेल तमासा, मनोरञ्जनका सामाग्रीका स्टलको रुपमा रहने सहआयोजक चारआली जेसिजका अध्यक्ष भोजराज पराजुलीले बताए ।

महोत्सवमा भारतीयसहित नेपाली राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । भारतीय रियालिटी शो सारेगमप लिल च्याम्स सिजन ९ की विजेता सिक्किमकी जेसेन डोह्ना लामा, नेपालका चर्चित गायकहरु प्रमोद खरेल, रचना रिमाल,  सविन राई, राजेशपायल राई, एलिना चौहान, ज्योति मगर , भिटेनलगायतका रास्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने छ भने स्थानीय कलाकारले महोत्सवअवधिभर कला र सांगीतिक प्रस्तुति गर्ने सहआयोजक चारआली जेसीसका अध्यक्ष भोजराज पराजुलीले जानकारी दिए ।

१२ वर्षअघि चारआलीमा इलाम रोडमै महोत्सव लगाइएको थियो । पुर्वका पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, भारतको विभिन्न ठाँउ, सदरमुकाम तथा चन्द्रगढी एरपोर्टबाट र दमकदेखि आगमन हुने पर्यटन निकासको मध्यमार्ग चौबाटो पर्ने झापाको चारआली चोक पर्दछ ।  तर, यस क्षेत्रको बिकास-प्रवर्द्धन गर्नैपर्ने क्षेत्रलाई संस्थागत  रुपमा बिकासकोनप्रयास नहुँदा ओझेलमा परेका संस्कार-संस्कृती एबम् ब्यापार-ब्यवसायका लागि `महोत्सव´ उर्जा प्रदान गर्ने स्थानीयको भनाई छ ।

चारआली प्रहरी चौकी उत्तर प्रगती सामुदायिक बन परिषरमा ब्यवस्थापन गरेको महोत्सवको आम्दानीले गुम्बा निर्माण-ब्यवस्थापनमा खर्चिने आयोजकको भनाई छ ।

२०८० माघ ११, बिहीबार प्रकाशित 1 Minute 241 Views

ताजा समाचार