२०८३ असार १७ बुधबार

झापाको धनुषकोटीधाम पिकनिक खान गएका दुई समूहबीच ‘ग्याङ फाइट’, तीनजना घाइते

झापा । झापाको कनकाई नगरपालिका- २ धनुषकोटीधाम स्थित सुकेडाँगीमा पिकनिक खान गएका दुई समूहबीच ‘ग्याङ फाइट’ भएको छ । ग्याङ फाइट हुँदा तीन जना घाइते भएका छन् । सोमबार बिर्तामोड र सुरुङ्गाका युवाहरू पिकनिक खान त्यहाँ गएका थिए । मादक पदार्थ सेवन गरी ती दुई समूहका युवाहरुबीच वादविवाद भई हानाहान भएको थियो ।

ग्याङ फाइटमा परी बिर्तामोड नगरपालिका-७ का २३ वर्षीय दीपक लिम्बू र सोही ठाउँका ३७ वर्षीय उमेश चौधरीको टाउकोमा, सोही ठाउँकै २३ वर्षीय प्रताप चौधरीको बायाँ आँखा माथि सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । घाइते मध्ये उमेशको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ, भने दीपक र लिम्बुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

घटना घटे लगतै इलाका प्रहरी कार्यालय अनारमनिका डीएसपी सुरज कार्कीसहितको प्रहरी टोली घटनास्थल पुगेर त्यहाँबाट सबैलाई लखेटेर भगाएका थिए । घटनास्थलमा रहेका आधा दर्जन बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटना मादक पदार्थ सेवन पश्चात् भएको बताउँदै प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गिरीले भने, ‘दुवै पक्षबीच झडप भए पनि धारिलो हतियार प्रयोग गरिएको छैन ।’ टाइम्स अफ प्रदेशबाट

२०८० माघ ८, सोमबार प्रकाशित 1 Minute 666 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।