
दमक । झापाको दमकमा टायर पड्किएर कार दुर्घटना हुँदा एकजना घाइते भएका छन् । आज साँझ ६ बजेको समयमा दमक नगरपालिका-५ गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि राजमार्गमा दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको SK-08-P-1888 नम्बरको को भारतीय कारको टायर पड्किएर डिभाइडरमा ठोक्किई दुर्घटना भएको हो ।
दुर्घटनामा सोही कारमा सवार भारत सिक्किम प्रदेश सिम्ताम बस्ने ६५ वर्षीय मिलनकुमार राई घाइते भएका छन् । टाउकोमा चोट लागेका राईलाई उपचारको लागि नमस्ते अस्पताल दमकमा भर्ना गरिएको छ । कार चालक सोही ठाउँ ६५ वर्षीय लक्ष्मण राई सकुशल रहेको जनाइएको छ ।

२०८० माघ ८, सोमबार प्रकाशित
1 Minute
215 Views