२०८१ कार्तिक २४ शनिबार

जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषले खरेल, सुवेदी, श्रेष्ठ र अधिकारीलाई पुरस्कृत गर्ने

बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषले यस वर्ष वितरण गर्ने पुरस्कारका लागि पुरस्कृत कृति तथा प्रतिभा छनौट गरेको छ ।कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईँको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले २०८० सालमा प्रदान गरिने पुरस्कारका लागि छनौट समितिले प्रस्ताव गरेका कृति तथा व्यक्ति अनुमोदन गरेको हो ।

बैठकले २०७९ सालमा प्रकाशित कृतिहरू मध्येबाट झापा भद्रपुर निवासी साहित्यकार होम सुवेदीद्वारा लिखित ‘स्वर्गबाट वितृष्णा जागेपछि’ नामक कृतिलाई बर्षोत्कृष्ठ कृतिका रुपमा पुरस्कृत गर्ने निर्णय गरेको सचिव राजेन्द्र प्रसाईँले जानकारी दिए ।

त्यस्तै विष्णु चन्द्र पद्मा विशेष प्रतिभा पुरस्कारबाट पुण्यप्रसाद खरेल, धनमाया बर्षोत्कृष्ठ सक्रिय महिला पत्रकारिता पुरस्कारबाट जोस्ना श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । तीन वटै पुरस्कारको राशि जनही २५/२५ हजार रहेको कोषाध्यक्ष डिल्लीराम प्रसाईँले जानकारी दिए । त्यस्तै अपाङ्गता भएका व्यक्तिलाई पुरस्कृत गरिने पुरस्कारबाट पदम अधिकारीलाई पुरस्कृत गरिने भएको छ । उक्त पुरस्कारको राशि ११ हजार एक सय ११ रुपैयाँ रहेको बताइएको छ ।

संस्थाले आगामी फागुन ५ गते बिर्तामोडस्थित आफ्नै सभा हलमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने कोषका अध्यक्ष प्रसाईँले बताए । २०५९ सालमा स्थापित जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषले साहित्य र पत्रकारिता क्षेत्रका साथै अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ ।

२०८० माघ ८, सोमबार प्रकाशित 0 Minutes 153 Views

ताजा समाचार