२०८१ कार्तिक २४ शनिबार

दुई ट्राफिक इञ्चार्जको एकैसाथ विदाई र स्वागत

काँकरभिट्टा । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाबाट सरुवा भएका र सरुवा भई आएका इञ्चार्जहरुलाई एकैसाथ विदाई तथा स्वागत गरिएको छ ।

पोष्टको भवन निर्माण समितिद्वारा सोमवार आयोजित ‘फेरि भेटौंला तथा स्वागत कार्यक्रम’ मा ट्राफिक प्रहरी नायव निरीक्षक लिलाकुमार श्रेष्ठलाई विदाई गरिएको हो । २०७९ साउन १ गते पोष्टमा इञ्चार्ज भई आएका उनको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ सरुवा भएको छ ।

श्रेष्ठले १ वर्षे कार्यकालमा मातहत क्षेत्रको ट्राफिक व्यवस्थापनसहित पोष्टको नयाँ भवन बनाउन सदस्यसचिवको जिम्मेवारीमा रहि कुशलतापूर्वक भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा सहभागीहरुले श्रेष्ठको कार्यसम्पादन शैलीको प्रशंसा गर्दै खादा पहिर्याएर मायाको चिनो प्रदान गरेका थिए ।

त्यसक्रममा पोष्टको नेतृत्व सम्हाल्न आएका ट्राफिक प्रहरी नायव निरीक्षक मनमोहन पौडेललाई स्वागत गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीबाट काज खटिआएका उनलाई सहभागीहरुले खादा पहिर्याएर स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

सो अवसरमा ट्राफिक प्रहरी नायव निरीक्षकद्वय श्रेष्ठ र पौडेलले आयोजकप्रति आभार व्यक्त गर्दै ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन जनस्तरबाट आवश्यक सहयोगको अपेक्षा गरे ।

त्यस्तै, समितिका सल्लाहकार संयोजक डिल्लीराम घिमिरेले ट्राफिक व्यवस्थापनको अवस्था अवगत गराउँदै विदाई एवं स्वागत मन्तव्य राखेका थिए ।
पोष्ट परिसरमा आयोजित कार्यक्रममा समितिका सदस्य राजकुमार सुवेदी, सल्लाहकारहरु माधव अर्याल, विष्णुकुमार श्रेष्ठ, सुरेन्द्र बुढाथोकी, दिनेश पोखरेल, ओमप्रकाश खापुङ, प्रविण थापालगायत उपस्थित थिए ।

समितिका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन समितिका कोषाध्यक्ष सुभाष गुरुङले गरेका थिए ।

यसैबीच, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन मेचीनगर कमिटीले सरुवा भएका श्रेष्ठलाई विदाई र सरुवा भई आएका पौडेललाई स्वागत गरेको छ । संगठनको कार्यालयमा भएको कार्यक्रममा ट्राफिक प्रहरी नायव निरीक्षकद्वय श्रेष्ठ र पौडेललाई खादा पहिर्याएर मायाको चिनो प्रदान गरिएको थियो ।

त्यसक्रममा संगठनका केन्द्रीय सदस्य खडानन्द भण्डारी, कोशी प्रदेश सदस्य किरण तामाङ, नगर अध्यक्ष राजकुमार सुवेदी, पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, मेचीनगर ई–रिक्सा प्रालिका अध्यक्ष गणेश चौहानलगायतको उपस्थिति थियो ।

त्यस्तै, मेची ब्याडमिन्टन क्लवले पनि सरुवा भएका ट्राफिक प्रहरी नायव निरीक्षक श्रेष्ठलाई मायाको चिनो प्रदान गरी विदाई गरेको थियो ।

२०८० माघ ८, सोमबार प्रकाशित 0 Minutes 564 Views

ताजा समाचार