२०८१ असार ६ बुधबार

झापामा एक महिला मृत अवस्थामा फेला, हत्या भएको आशंका

झापा । झापामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । अर्जुनधारा नगरपालिका-६ स्थित बिहानी टोलमा सोमबार बिहान ६ बजे फेला परेकी ती महिलाको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ ।

मृतक इलाम माई नगरपालिका-१ महमाई कलकत्ते माइती भई हाल बिर्तामोड नगरपालिका- ५ मा अस्थायी रुपमा बसोबास गर्ने कुमार पुलामी मगरको श्रीमती अन्दाजी ५० वर्षीया माया मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । उनको टाउकोमा ढुङ्गाले हिर्काएको देखिएको बताइएको छ ।

घटना शङ्कास्पद देखिएकोले अनुसन्धानका लागि प्रदेशको टोली कुकुरसहित घटनास्थल आउन लागेको प्रहरी निरीक्षक गिरीले बताए । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनिको टोली पुगिसकेको छ ।

२०८० माघ ८, सोमबार प्रकाशित 1 Minute 286 Views

ताजा समाचार