२०८१ बैशाख १४ शुक्रबार

सुस्ताउँदै छ पूर्वको हङकङ मार्केट अर्थात धुलाबारी बजार

मुक्ति पौडेल
मेचीनगर । कुनै समय पूर्वको हङकङ मार्केटको नामले परिचित झापाको धुलाबारी बजार पछिल्लो समय सुस्ताएको छ । धुलाबारी बजारको आफ्नै नाम र पहिचान थियो। एउटा समय थियो ग्राहकको चलपहलले बजार भिडभाड हुन्थ्यो । सीमावर्ती भारत संग रहेको यो बजारमा भुटान र बंगालादेशबाट समेत समान खरिद गर्नका लागि ग्राहकहरु आउने गर्थे तर कोरोना संक्रमण पश्चात् एकाएक धुलाबारी बजार थला परेको हो। कोरोना पश्चात साच्चिकै थलिन पुगो धुलाबारी बजार । माओवादी द्वन्द्वबाट धेरै व्यवसायी चन्दा र असुरक्षाका कारण पलायनको बाटो रोज्न बाध्य बनेका थिए ।

पछिल्लो समय बजार सुस्ताएकै हो, मेची उधोग वाणिज्य संघका अध्यक्ष ऋषीराज तिम्सिनाको भनाई छ, उनले भने-जुन समय भारतमा बिदेशी बा्ण्डका सामान सहजै पाइन्नथ्यो, त्यो बेला भारतलगाएतका देशबाट ग्राहकहरूको भिडभाड हुन्थ्यो। अहिले भारतकै बजारमा यी वस्तु पाउन थाले पछि आउने कुरै भएन् । तर, व्यवसायीहरूका लागि संघ चुप लागेर नबसेको उनको जिकिर छ, संघले सीमानाकामा हुने अफ्ठ्यारा र भारतीय सवारी साधनका लागि सुविधा लगाएतका समस्या समाधान गर्न निरन्तर लागेको बताए । कोरोना संक्रमण शुरू संगै यहि बजार आसपासमा पहिलो पटक संक्रमित भए पछि तत्काल बजार बन्द गरिएको थियो, जसको असर अहिले सम्म परेको स्थानियहरूको बुझाइ छ । पुराना व्यावसायि पवन अग्रवाल भन्छन— चीनबाट आयात हुने सामानहरू विगतमा धुलाबारीबाट भारत जान्थ्यो, अहिले चीनसंगको व्यापार सम्झौता पछि भारतले सोझै चीनबाट सामान आयात गर्न थालो, जसका कारण यो बजार थला परो। स्थापना देखिनै मारवाडी समुदायको बाहुल्यता रहेको यो बजार अहिले सयौं व्यवसायी पलयायन जस्तै भएर उनीहरू बिर्तामोड , इटहरी बिराटनगर र भारतको सिलिगुडी लगाएतका ठुला शहरमा केन्द्रित बनेका छन्।

करिव ८० प्रतिशत भारतीयग्राहकले धानेको धुलाबारी बजारमा कुनै बेला भारतीयउ फिल्मी स्टार देखि भिआइपी सम्मको आकर्षण थियो भने नेपालका राजपरिवार, उधोगी व्यावसायी, सेलीब्रेटीहरुको समेत आकर्षण थियो धुलाबारी बजार । मुलतः यो बजार बिकास गर्न मारवाडी समुदायकै महत्त्वपूणर् भुमिका छ, तर पछिल्लो समय यही समुदाय पलायनको बाटो रोज्न बाध्य बन्दै छ। जय नेपाल टे्रडर्सका संचालक ललित गर्ग भन्छन— बजार सुस्ताउनुमा आर्थिक मन्दी, भारतीय ग्राहक नआउनु समयको माग संगै बजार बिस्तार, पार्किङ स्थल , शौचालय ,सडक, बिस्तार पर्यटकिय स्थललगाएतका समस्या पनि मुख्य गरेर हुन सक्छन्। अर्का व्यावसायि पुनित गोयल भन्छन्— नेपाल ( भारत सीमामा समस्य, कोरोना संक्रमण, भन्सार शुल्कमा बृद्वि घर बहाल करका कारण पनि व्यावसायि पलायन हुन थालेका छन्। सरोकारवाला संस्था र सरकारले बजार प्रबद्वनमा खासै साचो देखाएको छैन, ४० बर्ष भन्दा पुरानो ईतिहास बोकेको धुलाबारी बजार खस्किदो छ, अरू बजार गुल्जार बन्दैछन् यो व्यापारीका लागि मात्र होइन् यहाँको बिकास र संमबृद्विमा ठुलो नोक्सानी हुदैछ।

२०७९ पुष २९, शुक्रबार प्रकाशित 1 Minute 691 Views

ताजा समाचार