२०८३ असार १७ बुधबार

रसुवा बाढी अपडेटः मितेरी पुल बगायो, नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

रसुवा- रसुवास्थित नेपाल-चीन जोड्ने मितेरी पुल बिहान करिब तीन बजे अचानक आएको बाढीले बगाएको छ । त्यहाँ सयौँ इभी गाडी पनि बगाएको अनुमान गरिएको छ ।

स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुर्‍याइएको खबर प्राप्त भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएका कारण त्रिशुली नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् । क्षतिको विवरण आउन बाँकी छ ।नेपाल टिभी अनलाइनबाट ।

२०८२ असार २४, मंगलवार प्रकाशित 1 Minute 164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।