२०८१ माघ २७ आईतवार

काँकरभिट्टाबाट ब्राउनसुगरसहित एक जना पक्राउ

मेचीनगर, ३ माघ । मेचीनगर–६ स्थित मेचीपुलबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको दमक नगरपालिका–८ का ३५ वर्षीय नविन बस्नेतलाई पक्राउ गरेको हो ।

प्रहरीले शंका लागेर चेकजाँच गर्दा बस्नेतले लगाएको ज्याकेटको गोजीभित्र ब्राउनसुगर २ ग्राम ५०० मिलिग्राम फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

२०८० माघ ३, बुधबार प्रकाशित 0 Minutes 306 Views

ताजा समाचार