२०८१ असार ६ बुधबार

आदिवासी जनजाति महासंघ मेचीनगर अध्यक्षमा रामबहादुर तामाङ

मेचीनगर, २ माघ । आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद अध्यक्षमा रामबहादुर तामाङ (वाईबा) चयन भएका छन् । उनी नेपाल तामाङ घेदुङ मेचीनगर अध्यक्षसमेत हुन् ।

आदिवासी जनजाति महासंघ मेचीनगरको गत पुस २८ गते काँकरभिट्टामा ५ औं नगर अधिवेशन सम्पन्न भएको थियो । यद्यपि समिति पछि चयन गरिएको हो । महासंघको नगर महिला उपाध्यक्षमा कमला गुरुङ, उपाध्यक्षमा सन्जय मेचे र पदम सुनुवार छन् ।

यस्तै, सचिवमा कृष्ण बहादुर राई, सहसचिवमा राजकुमार थेवे र लक्ष्मीकान्ता खवास चयन भएका छन् भने कोषाध्यक्षमा ललित बहादुर प्रधान चयन भएका छन् । नगर परिषद समिति १९ सदस्य रहेको नेपाल तामाङ घेदुङ समन्वय समिति झापाका अध्यक्ष जगतबहादुर तामाङले जानकारी दिए ।

२०८० माघ २, मंगलवार प्रकाशित 0 Minutes 125 Views

ताजा समाचार