२०८१ बैशाख २४ सोमबार

झापाली गायिका मेनुका पौडेलको ‘बादलु माथि’ गीत सार्वजनिक

बिर्तामोड, पुस २७ । इन्डियन आइडल’ मा दमदार प्रस्तुति दिँदै लोकप्रियता कमाइरहेकी झापाली गायिका मेनुका पौडेलको नेपाली गीत ‘बादलु माथि’ सार्वजनिक भएको छ ।

गायक, सङ्गीतकार तथा गीतकार राजनराज सिवाकोटी र मेनुकाको संयुक्त स्वर रहेको उक्त गीत रेबेल क्रियसनले बजारमा ल्याएको हो । गीतमा राजनकै शब्द र सङ्गीत छ ।

भिडियोमा नकुल खड्काको सम्पादन छ । रेबेल क्रियसनले गीतको अफिसियल भिडियोसमेत ल्याउने जनाएको छ ।
गीतका निर्माता गगनलाल प्रधानले मेनुकाको स्वरको यो गीतले उनको थप मनोबल बढ्ने विश्वासका साथ गीत सार्वजनिक गरिएको बताए ।

गायक राजनराजले मेनुकाको प्रतिभालाई सही समयमै स्रोतामाझ पुर्‍याउन आफूहरूले गीत बजारमा ल्याएको बताए ।

इन्डियन आइडलमा ‘सङ्गीतकी साक्षात स्वरूप’ भनेर परिचय बनाएकी मेनुका पौडेलको यो गीतले उनको साङ्गीतिक उडानमा थप सफलता मिल्ने विश्वास आफूले लिएको राजनराजले बताए ।

२०८० पुष २७, शुक्रबार प्रकाशित 0 Minutes 156 Views

ताजा समाचार