
बाहुनडाँगी । संघीय सांसद विश्वप्रकाश शर्माले विकासमा सबै एकै ठाउँमा उभिनुपर्नेमा जोड दिँदै यसलाई विवादरहित बनाउनुपर्ने बताएका छन् ।
बाहुनडाँगी जेसीजको १२ औं पद हस्तान्तरण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले झापा क्षेत्र नम्बर १ को भित्री सडक बनाउन आवश्यक प्रक्रिया अघि बढेको पनि उल्लेख गरे ।

मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनमा आयोजित समारोहमा वर्ष २०२३ का अध्यक्ष केवल निरौलाले वर्ष २०२४ का नवनिर्वाचित अध्यक्ष देबु बानियाँलाई अध्यक्षको चेन हस्तान्तरण गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
त्यसक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भीम कुवँर, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष योगेश राजवंशी, बहादुर तामाङ, बाहुनडाँगी जेसीजका पूर्व अध्यक्ष दीपक बराल र अर्जुनकुमार कार्कीले शुभकामना व्यक्त गरेका थिए ।
पद हस्तान्तरणपछि बाहुनडाँगी जेसीजको आगामी १ वर्षको नेतृत्व देबु बानियाँले गर्ने छन् । यसअघि सम्पन्न अधिवेशनले वर्ष २०२४ को कार्यकारिणी उपाध्यक्षमा केदार सुनुवार सुष्मा मिश्र, उपाध्यक्षमा पवन बराइली, सन्देश पौडेल, थेसिस रुचाल र किरण गौतम, महासचिवमा सुस्मिता खतिवडा, कानूनी सल्लाहकारमा नित्यानन्द चौलागाईं तथा कोषाध्यक्षमा न्यूटन कार्की चयन भइसकेका छन् ।
सो अवसरमा प्रतिबद्धता मन्तव्य राख्दै अध्यक्ष बानियाँले आफ्नो कार्यकालमा विशेषगरी शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन वर्ष २०२३ का महासचिव नित्यानन्द चौलागाईं र समापन समारोहको सञ्चालन वर्ष २०२४ की महासचिव सुष्मा खतिवडाले गरेकी थिइन् ।