२०८१ आश्विन २८ सोमबार

नारायणराज प्रोडक्स झापाले २४ मेट्रिक टन सुपारी आयात गर्न पाउने

सरकारले ६ वटा गुट्खा उद्योगको क्षमता वृद्धि गर्न सहमति दिएको छ। उद्योग विभागमा आएको आवेदन अनुसार औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको बैठकले उक्त निर्णय गरेको हो ।

मंगलबार साँझ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको नेतृत्वमा बसेको बैठकले उद्योग विभागमा उद्योगीले आवेदन गरेबमोजिम उद्योगहरुको क्षमता वृद्धि गर्ने निर्णय गरेको हो ।

बैठकले मोरङको मधु प्रोडक्ट्स प्राइभेट फर्मको पहिलो कुल पुँजी ५० लाख रुपैयाँमा ४ करोड थप गरी ४ करोड ५० लाख रुपैयाँ पुर्याउन अनुमति दिएको छ। लुम्बिनी पान मसला तथा सुर्ती उद्योगको ५० लाख कुल पुँजीबाट ३ करोड रुपैयाँ पुर्याउने निर्णय भएको छ। आईपीए गुट्खा उद्योगको पुँजी तथा क्षमता ८ लाख २५ हजार कुल पुँजी रहेकोमा ५ करोड रुपैयाँ बनाउने निर्णय भएको छ।

गुट्खा उत्पादन गर्ने बालाजी उद्योग प्रालिको १५ लाख कुल पुँजी रहेकामा ५ करोड ५० लाख रुपैयाँ बनाउन दिइने भएको छ भने गोल्डेन टोबाकोको कुल पुँजी २३ लाख ७० हजार रहेकोमा १० करोड कुल पुँजी पुर्याउने निर्णय भएको छ। एमके प्रोडक्ट्सको कुल पुँजी २० लाख रुपैयाँ रहेकोमा ५ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

७ उद्योगले ३४ सय ५८ मेट्रिक टन सुपारी आयात अनुमति पाएका छन् । सुपारीतर्फ सबैभन्दा धेरै आयात अनुमति लिनेमा श्रीराम टोवाको उद्योग प्रालि छ। उक्त उद्योगले २ हजार ३ सय ३१ दशमलव ३ मेट्रिक टन ल्याउन पाउने अनुमति पाएको छ।

त्यस्तै मधु प्रोडक्ट्स विराटनगरले ८४ दशमलव ६५ मेट्रिक टन, श्री देउती गुड्का इण्डष्ट्रिज बाँकेले ३ सय ४४ दशमलव ८ मेट्रिक टन, महाशक्ति गुट्खा उद्योग कपिलवस्तुले ५२ मेट्रिक टन, विजार्ड फ्रेगनेन्स इण्डष्ट्रिज रुपन्देहीले ६ सय ६ मेट्रिक टन, नारायणराज प्रोडक्स झापाले २४ मेट्रिक टन र लुम्बिनी पान मसला उद्योगले १६ मेट्रिक टनको अनुमति पाएका छन्।

२०८० पुष २६, बिहीबार प्रकाशित 0 Minutes 355 Views

ताजा समाचार