२०८१ बैशाख १४ शुक्रबार

प्रदेश १ मा मन्त्रिमण्डल विस्तार‚ ३ विना विभागीय मन्त्रीले लिए शपथ

झापा । प्रदेश १ मा ३ जना मन्त्रीले शपथ लिएका छन्। नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको शपथ लिएपछि ३ जना मन्त्री नियुक्त गरि मन्त्रीमण्डल विस्तार गरेका हुन्।

नेकपा एमालेका तिलकुमार  मेन्याङ्बो, जसपाकी निर्मला लिम्बू र राप्रपाका भक्ति सिटौलाले मन्त्रीको शपथ लिएका हुन्।  उनीहरू तीनैजनाको मन्त्रालय तोकिएको छैन। उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए।

२०७९ पुष २५, सोमबार प्रकाशित 0 Minutes 418 Views

ताजा समाचार