
पौराणिक कथाका अनुसार देवता र असुरबीच भएको समुन्द्र मन्थनमा निस्किएका १४ रत्न मध्ये एक कामधेनु गाई रहेको थियो । तसर्थ धार्मीक परम्परा अनुसार पूर्व वा दक्षिणपूर्व दिशामा जमीनमा गाईको प्रतीक राखेमा सम्पुर्ण दुःख, मनको समस्या एवम् चिन्ता नष्ट भएर जाने र सकारात्मक परिणाम प्राप्त हुने धार्मीक मान्यता रहेको छ ।
वास्तुशास्त्र अनुसार परिवारमा सुख सौभाग्य वृद्धि गर्न गाईको महत्व विशेष रहने गरेको छ । यसमा पनि बाछालाई दूध ख्वाउदै गरेको गाईको तस्बिर वा प्रतिमा घरमा स्थापित गरेमा योग्य सन्तान प्राप्ति हुने र मातापिता र सन्तानबीच परस्पर प्रेम रहने छ । यसका अलावा पढाईमा एकाग्रताकालागी विद्यार्थीको अध्यन गर्ने टेबलमा गाईको प्रतीक राख्नु राम्रो मानिन्छ ।
