२०८१ जेष्ठ १० बिहीबार

धन्वन्तरी दिवसको महत्व: किन काग तिहारको दिन मनाइन्छ?

बिष्णुहरि आचार्य

मानव सभ्यताको अध्यन गर्दा
पृथ्वी शृष्टिको केहि समय पछि  पृथ्वी लोकमा विभिन्न  किसिमका जीवजन्तु,सजिव प्राणीका साथै मानव जातिको विकास भएको पाइन्छ। त्यो समयमा पृथ्वीमा धेरै भाग पानी र समुन्द्र सतहले ओगटेको थियो। इतिहासको अध्यन गर्दा मानव जातिको क्रमागत विकाससँग दुई किसिमको  संस्कृति जोडिएको थियो। जसमध्ये एउटा  देवता र ऋषि संस्कृति थियो भने अर्को दैत्य र राक्षसहरुको।

देवता र ऋषि संस्कृति तथा दैत्य र राक्षस प्रवृत्ति बिच बेला बेलामा द्वन्द्व र लडाइँहरु चलिरहन्थे। पटक पटका द्वन्द्वहरु बाट कुनै पनि उपलब्धि नभेटिने देखेपछि दुबै पक्षबीच समुद्र मन्थन गर्ने निष्कर्ष निस्कियो। समुन्द्र मन्थनको साझा प्रयास पछि ऋषिहरु र दैत्यहरु समुन्द्र मन्थनमा सहभागी भए। समुन्द्र मन्थनको क्रममा धन्वन्तरि नाम गरेका ऋषि दुबै हातमा अमृत कलश लिएर प्रकट भए। जुन कलशमा चार वटा भुजाहरु थिए। चार भुजा मध्ये माथिल्लो दुई भुजामा शंख र चक्र थिए भने अन्य दुई भुजामा एउटामा जलौका(जुका) र अर्कोमा अमृत जल सहित विभिन्न किसिमका औषधिय बनस्पति जडिबुटी,रस,रसायनहरु थिए।
यसरी समुन्द्र मन्थन गरेर विभिन्न अनुसन्धानहरु पत्ता लागेको दिन कार्तिक कृष्ण पक्ष त्रयोदशि अर्थात काग तिहारको दिन थियो। जुन विशेष दिनलाई धन्तेरस वा धन्वन्तरी जयन्ती भनेर मनाइन्छ त्यसैले ऋषि धन्वन्तरीलाई आयुर्वेदका प्रवर्तक वा जन्मदाता पनि भनिन्छ।
त्यसपछिको समय ऋषि धन्वन्तरीले पृथ्वीमा भएका विभिन्न किसिमका वनस्पति,जडिबुटी, रस,रसायनको अध्यन गर्दै तिनमा भएका राम्रा नराम्रा गुण एवं औषधिय विशेषता पत्ता लगाइ त्यो ज्ञान अन्य ऋषिहरु हुँदै आम नागरिकसम्म ल्याउने काम गरे। जसले रोगी व्यक्तिहरुको रोग न्यूनीकरण गर्न र निरोगी व्यक्तिहरुको स्वास्थ्यलाई  चुस्त दुरुस्त राख्ने चिकित्सकीय सचेतता अभियानको संदेश प्रवाह गर्यो। त्यसैले उक्त्त दिनलाई आरोग्य दिवस पनि भनिन्छ।

आयुर्वेदको इतिहासलाई अध्यन गर्दा विभिन्न ग्रन्थमा आयुर्वेद सम्बन्धी आलेखहरु उपलब्ध भएको उल्लेख गरियता पनि आयुर्वेद विज्ञानको भरपर्दो र वैज्ञानिक ग्रन्थ धन्वन्तरी संहिता नै भएको प्रष्ट हुन्छ। आयुर्वेद विज्ञानका अन्य अनुसन्धानकर्ता चरक, सुश्रुत आदि ऋषिहरुले पनि आयुर्वेद ज्ञान् धन्वतरीद्वारा नै प्राप्त गरेको विभिन्न अध्यनहरुले पुष्टि गरेको पाइन्छ।

धन्वन्तरीको समय इसा पुर्व ७ हजार वर्ष पहिला भएको थियो। उनी कासिका राजा धन्वका पुत्र थिए। उनले शल्य(चिरफार) मा समेत महत्वपूर्ण अध्यन गरेका थिए। धन्वन्तरीका नाति दिबोदास धन्वन्तरीले त्यस्लाई  परिमार्जन गरि अहिलेको  शल्य (सर्जरी) चिकित्साको विकास गरेका थिए। त्यसैले सर्जरी उपचारको पहिलो ज्ञाताको अभिभारा समेत धन्वन्तरी ऋषिलाई जाने गर्छ। वर्तमान समयमा आमनागरिक हामि सबै कुनै न कुनै रोग व्याधी र मनोत्रासजन्य मानसिक कारणले अस्वस्थ हुने क्रम दिन प्रतिदिन बढ्दै छ।

कुनै पनि एउटा चिकित्सा पद्धति आमनागरिकमा देखिने फरक फरक किसिमका स्वास्थ समस्याहरु व्यवस्थापन गर्न अपुरो भएको हामी सबैले महसुस गरेको विषय हो। त्यसैले विभिन्न काल खन्डमा विभिन्न अनुसन्धानकर्ताहरुले अनुसन्धान गरेका चिकित्सा विधाहरुलाई  समय सापेक्ष बनाउँदै अघि बढ्न सकेमा रोग न्यूनीकरण र नागरिक स्वास्थ प्रवर्द्धनमा टेवा थपिने छ। जय धन्वन्तरी। जय आरोग्य दिवस

लेखक योग आयुर्वेद अभियान्ता हुन्।

२०८० कार्तिक २५, शनिबार प्रकाशित 0 Minutes 131 Views

ताजा समाचार