२०८१ बैशाख २१ शुक्रबार

सन् १९५७ मा आजकै दिन : अन्तरिक्षमा कुकुर

काठमाडौँ — सन् १९५७ मा आजकै दिन (नोभेम्बर ३) मा पहिलोपटक कुनै पनि जीव अन्तरिक्षमा पुगेको थियो । सोभियत संघले प्रक्षेपण गरेको ‘स्पुतनिक–२’ यानमार्फत ‘लाइका’ नामक कुकुर अन्तरिक्षमा पुगेको हो । पुनः पृथ्वीमा फर्काउने कुनै योजना नरहेको उक्त कुकुर पुथ्वीको कक्षमा केही घण्टासम्म मात्र बाँचेको थियो ।

त्यसअघि सोभियत संघले सोही वर्षको अक्टोबर ४ मा विश्वकै पहिलो मानव निर्मित स्याटेलाइट प्रक्षेपण गरेको थियो । सोभियत संघले काजकस्तानस्थित बैकोनुर कोस्मोड्रोमबाट पृथ्वीबाट पहिलो स्याटेलाइट ‘स्पुतनिक–१’ प्रक्षेपण गरेको हो । उक्त स्याटेलाइटले ब्याट्री नसकिएसम्म तीन साता पृथ्वीको परिक्रमा गरेको थियो । ‘स्पुतनिक–१’ करिब दुई महिनापछि पृथ्वीको वायुमण्डलमा खसेको थियो ।

पृथ्वीको वायुमण्डलमा खसेर जल्नुअघि यसले पृथ्वीको कक्षमा एक हजार ४ सय ४० चक्कर लगाउँदै करिब ७० मिलियन किलोमिटर दूरी यात्रा गरेको थियो । दोस्रो विश्वयुद्धपछि अमेरिका र सोभियत संघबीच अन्तरिक्षमा सफलता हासिल गर्ने अघोषित प्रतिस्पर्धा नै चलेको थियो । तर ‘स्पुतनिक–१’ प्रक्षेपणसँगै सोभियत संघले अमेरिकालाई पछि पारेको थियो । उक्त सफलतासँगै सोभियत संघ र अमेरिकाबीच जारी शीतयुद्ध उत्कर्षमा पुगेको बताइन्छ ।

२०८० कार्तिक १७, शुक्रबार प्रकाशित 0 Minutes 132 Views

ताजा समाचार