२०८१ बैशाख १८ मंगलवार

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काँकरभिट्टा । इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा काँकरभिट्टामा दीप प्रज्वलन गरिएको छ ।

मंगलबार रोट्राक्ट क्लब अफ काँकरभिट्टाको आयोजनामा काँकरभिट्टास्थित बसपार्कमा दीप प्रज्वलन गरिएको हो ।

प्यालेस्टाइनी कट्टरपन्थी समूहले शनिबार गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो ।

दीप प्रज्वलनमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

रोट्राक्ट क्लब अफ काँकरभिट्टाका सभापति सौभाग्य थापाले विद्यार्थीहरूले युद्ध रोकेर शान्ति स्थापना गर्न अपिल गरेका छन् ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका विद्यार्थी युद्धको घेरामा परेकाले उनीहरूलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउनसमेत माग गरिएको छ ।

२०८० आश्विन २३, मंगलवार प्रकाशित 0 Minutes 830 Views

ताजा समाचार