२०८१ बैशाख ८ शनिबार

आहा रारा गोल्डकपको उपाधि संकटालाई

पोखरा, २३ पुस । २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ ।

पोखरा रंगशालमा भएको खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टसलाई ३-२ गोलले हराउँदै संकटाले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको १ सय १७ औँ मिनेटमा सुनिल बलले गोल गरेपछि संकटाले उपाधि जितेको हो ।

आठौं मिनेटमा सुरज ज्यु ठकुरीले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए । तर भुटनिजका ३७ औँ मिनेटमा रेने सान्टिलोनले र पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि नियमित समयमा गोल नहुँदा खेल अतिरिक्त समयमा पुगेको थियो । प्रतियोगिताको विजेता संकटाले १२ लाख र दोस्रो भएको भुटनिज युथ स्पोर्टसले ६ लाख रुपैयाँ प्राप्त गरेको छ ।

२०७९ पुष २३, शनिबार प्रकाशित 1 Minute 203 Views

ताजा समाचार