२०८१ बैशाख १४ शुक्रबार

कोरोना भाइरसबाट आज एक जनाको निधन

काठमाडौँ — कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भाइरसको संक्रमणबाट आज लामो समयपछि एक जनाको मृत्यु भएको हो । ३ महिनाअघि कात्तिक ७ गते काेराेनाबाट एक जनाकाे मृत्यु भएकाे थियाे ।

नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय संक्रमित रहेका छन् ।

छिमेकी मुलुकमा संक्रामक मानिएकाे ओमिक्राेनकाे सब भेरिएन्ट ‘बिएफ.७’ फैलिँदा संक्रमण बढिरहेकाे छ । मन्त्रालयले भने नेपालमा हालसम्म याे भेरिएन्ट पुष्टि नभएकाे बताएकाे छ ।

२०७९ पुष २३, शनिबार प्रकाशित 1 Minute 249 Views

ताजा समाचार