२०८१ बैशाख ७ शुक्रबार

कोरोना संक्रमणका लागि पूर्वी नाका काँकरभिट्टामा परिक्षणमा लाबरबार्ही

मुक्ति पौडेल
मेचीनगर । नेपालको पूर्वी नाका काँकरभिट्टामा कोरोना परिक्षण प्रभावकारी बन्न सकेको छैन । विश्व महामारीको रुपमा रहेको कोरोनाले छिमेकी देश चीन र भारतमा मुण्टो उठाईरहेको बेला सीमा क्षेत्रमा अपनाउनु पर्ने सतर्कताका विषयमा पूर्वी नाका काँकरभिट्टामा भने फितलो देखिएको छ । भारतको पश्चिम बंगालको पानीटैंकी बजार प्रवेश गर्दा त्यहाँ परिचय पत्र देखाउनुका साथै कोरोना परिक्षणलाई समेत गंभीरतापूवर्क लिएको पाईन्छ भने नेपाल प्रवेश गर्ने नाकामा सयौँको संख्यामा भारतीय कामदारहरु दैनिक आउने गरेकाछन् ।

चीन र भारतमा कोरोनाको नयाँ भेरियन्ट तीब्ररुपमा देखिएको समयमा नेपालतर्फ समेत थप सजकता अपनाउनु पर्र्ने मा सीमा नाकामा रहेका हेल्थ हेल्प डेक्समा आफुहरुले कुनै परिक्षण नै नगरि नेपालमा काम गर्न आएको स्वयम् भारतीय नागरिकहरुले बताउने गरेकाछन् ।सरकारले कोरोना प्रोटोकललाई कडाईका साथ कायान्वर्यन गर्न निर्देशन दिएको भएपनि सम्बन्धित पक्ष पूर्वी नाका काँकरभिट्टामा सुस्ताएको देखिन्छ । दातृ संस्था र सरकार स्वयम्ले कोरोना संक्रमण नियन्त्रणका लागि करोडौँ बराबरको आर्थीक लगानी गरेको भएपनि सीमा नाकामा संक्रमित रोगको बिना परिक्षण आउजाउ गर्न दिनु भनेको गंभीर विषय भएको स्थानीयको भनाई छ । भारतको पश्चिम बंगालसँग सीमा जोडिएको काँकरभिट्टा नाकाबाट भारततर्फ जाँदा आवाश्यक कागजात सहित स्वास्थ्य परिक्षणको प्रमाण समेत देखाउनु पर्छ भने नेपाल प्रवेश गर्दा बिहानको समयमा सयौँको संख्यामा नेपालमा काम गर्न आउने भारतीय कामदारहरु स्वयम नै कुनै कागजात बिना सहजै नेपाल प्रवेश गर्ने गरेको बताउँछन् । नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र हेल्थ हेल्प डेक्सका कर्मचारीहरु रहेको भएता पनि सयौँको संख्यामा आउने भारतीय कामदारहरु सहजै नेपाल प्रवेश गर्नुलाई अनौठो भएको बताउँछन् स्थानीय ।यो सीमा नाकामा जनस्वास्थ्य निरक्षक सहित ८ जना कर्मचारीहरु रहेकाछन् भने यहाँ कोभिड, मलेरिया र एचआईभी परिक्षणको समेत सुविधा रहेको बताईन्छ । भारत, बंगलादेश, भुटान र म्यानमारका नागरिक सडक मार्ग हुदै यो नाकाबाट नेपाल प्रवेश गर्दछन् ।

सीमा नाकाको नेपालतर्m मेची पुलकै मुखमा एण्टीजेन , पिसीआर परिक्षण तथा आपतकालिन उपचारका लागि हेल्प डेक्स र कर्मचारीहरु सहित आवाश्यक उपकरणका साथ रहेका भए पनि यसरी सयौँको संख्याम आउने भारतीय नागरिकहरु सहजै नेपाल प्रवेश गर्नुले कोरोना संक्रमण नियन्त्रणका लागि सम्बन्धित पक्षको ध्यान जान नसकेको हो कि भन्ने प्रश्न उठेको छ ।काँककरभिट्टा हेल्प डेक्सका प्रमुख भोला थापा दैनिक रुपमा नेपाल आउने भारतीयहरुको स्वास्थ्य परिक्षण नगरिएको बताउँछन् । थापाका अनुसार खुल्ला सीमा नाका भएका कारण काम गर्नका लागि दैनिका आउने उनीहरुको स्वास्थ्य परिक्षण संभव भए सम्म गर्ने तर सबैको नगरिएको स्विकार गर्छन् ।हेल्प डेक्सकी स्वास्थ्य सहायक अर्चना भट्टराईका अनुसार टाढाबाट आउनेहरुको मात्र स्वास्थ्य परिक्षण गरिएको तर दैनिक आउनेहरुको नगरिएको उनको भनाई छ । कोरोना संक्रमण नियन्त्रणका लागि यही सीमा नाकामा समय समयमा गोष्ठि र सेमिनार आयोजना गर्ने गरिएको छ शुक्रबार मात्रै पनि यहाँ यही विषयमा गोष्ठि भएको भएपनि नाकामा हुने आउजाउ र त्यसको निगरानीका विषयमा भने कसैको ध्यान नगएको देखिन्छ ।

२०७९ पुष २३, शनिबार प्रकाशित 1 Minute 243 Views

ताजा समाचार