२०८१ बैशाख १८ मंगलवार

अस्ट्रेलियामा दुई हेलिकोप्टर जुद्धा ४ जनाको मृत्यु

काठमाडौँ — अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित गोल्ड कोस्टमा दुई हेलिकोप्टर जुद्धा ४ जनाको मृत्यु भएको छ । गोल्ड कोस्टबाट उडेको र त्यहाँ अवतरण गर्न लागेका दुई हेलिकोप्टर आपसमा ठोकिँदा ४ जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी दुई बालबालिकासहित ३ जना गम्भीर घाइते भएका छन् । दुर्घटनाको कारण भने अझैसम्म पुष्टि भइसकेको छैन । अधिकारीहरूका अनुसार एक हेलिकोप्टर स्यान्डबारबाट उडेको २० सेकेन्डमा अवतरण गर्न लागेको अर्को हेलीसँग ठक्कर खाएको थियो ।

दुर्घटनामा परी दुई जना बेलायती नागरिक र दुई जना अस्ट्रेलियाली नागरिकको मृत्यु भएको हो । दुई अस्ट्रेलियाली नागरिकमध्ये एक जना हेलिकोप्टरको पाइलट रहेका छन् ।

मृतक तथा गम्भीर घाइतेहरू सबै उड्न लागेको हेलीमा सवार रहेकाहरू हुन् । अवतरण गर्न लागेको हेलीको ककपिटमा उड्न लागेको हेलीको मुख्य रोटर ब्लेडले ठक्कर दिएको थियो । अवतरणको तयारीमा रहेको हेलीको ककपिटमा ठक्कर लागे पनि उक्त हेलीलाई सकुशल अवतरण गरिएको थियो । त्यसमा सवार ६ जनामध्ये ५ जना सामान्य घाइते भएका छन् ।

दुवै हेलिकोप्टर क्विन्सल्यान्डस्थित गोल्ड कोस्टमा रहेको चर्चित थिम पार्क सिवर्ल्डबाट पर्यटक बोकेर उडेका थिए ।

२०७९ पुष १९, मंगलवार प्रकाशित 0 Minutes 251 Views

ताजा समाचार