२०८३ असार १७ बुधबार

मेचीनगर नगरपालिका: नगर शैक्षिक कोषको घोषणा, बार्षिक ३ महिनाको सेवा सुविधासमेत दिने

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर शैक्षिक कोषको घोषणा गरेका छन् । बिहिवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले बिशेष प्रस्ताव मार्फत नगर शैक्षिक कोषको घोषणा गरेका हुन् ।

नगर शैक्षिक कोषको घोषणा गर्दै उनले आफुले नगर प्रमुख भए बापत राज्यबाट पाउने सेवा सुविधा (भत्ता) मध्ये तीन महिनाको रकम करिब एक लाख बढी बार्षिक रूपमा कोषलाई दिने घोषणा गरेका छन् ।

शैक्षिक कोषलाई नागरिक स्तरबाट सञ्चालन गर्नेगरी नगर शैक्षिक कोषको अवधारणा ल्याइएको बताए । साथै यस अभियानमा सबै नागरिकले सहभागीता जनाउन सक्ने उनले बताए ।

२०८० असार १४, बिहीबार प्रकाशित 0 Minutes 364 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।