२०८३ असार १७ बुधबार

डीआइजी बास्तोलाले गरे भद्रपुर सीमा नाकाको निरीक्षण

भद्रपुर । कोशी प्रदेश प्रहरी कार्यालयका डीआइजी राजेशनाथ बास्तोलाले मङ्गलवार दिउँसो भद्रपुर सीमा नाकाको अनुगमन तथा निरीक्षण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा, विपद् व्यवस्थापन गुल्म भद्रपुरको निरीक्षण भ्रमण गर्न आएका डीआइजी बास्तोलाले गुल्मका प्रहरी कर्मचारीलाई मनसुन सुरु भइसकेकोले उद्धार कार्य खटिन श्रोत साधनसहित तयारी रहन निर्देशन दिए पश्चात् भद्रपुर सीमा नाकाको स्थलगत अनुगमन तथा निरीक्षण समेत गरेका थिए ।

डीआइजी बास्तोलालाई वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सन्तोषकुमार बुढाथोकीले सीमा नाकाको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । अनुगमन पश्चात् डीआइजी बास्तोलाले सीमा नाकामा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउनुका साथै  चोरी तस्करी नियन्त्रणमा लाग्न निर्देशन समेत दिएका थिए ।

सीमा अनुगमन पश्चात् डीआइजी बास्तोला र प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीले वडा प्रहरी कार्यालय भद्रपुरको निरीक्षण गरेको जनाइएको छ ।

२०८० असार १२, मंगलवार प्रकाशित 0 Minutes 394 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।