एयर इन्डियाको विमानबाट कोलकत्ता हुँदै दुबई जान लागेका एक जना साढे ५ किलो लागुऔषध चरेससहित पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले झापा भद्रपुरका २५ वर्षीय सुमन लिम्बुलाई पक्राउ गरेको हो । चेकजाँचका क्रममा प्रहरीले बिहीबार अपरान्ह लिम्बुलाई पक्राउ गरेको हो ।
उनी १०८९३५४१ नम्बरको राहदानीबाट दुबई जान लागेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



