२०८१ बैशाख १९ बुधबार

विश्वप्रकाशले देशभरका कार्यकर्तालाई भने– ‘डन्ट वरी’ !

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशभरका कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरेका छन् ।

आफूलाई देशभरका कार्यकर्ताले अब के हुन्छ भन्दै प्रश्न गरेको बताउँदै शर्माले चिन्ता नगर्न भनेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “देशभरबाट साथीहरुले सोधिरहनुभएको छ, कसरी यस्तो भयो ? अब के हुन्छ ? मैले केवल यत्ति भनेँ– डन्ट वरी …”

उनले थप भनेका छन्, “भएको के हो सबैलाई थाहै छ । त्यसैले आलोचना र आत्मालोचनाको चरण हुन्छ । साँझ परेको छ, रात छिप्पिने छ । जिम्मेवार प्रतिपक्षका रुपमा हामी देशव्यापी मुभमा हुनेछौँ । नयाँ बिहानी हुनेछ । तर त्यो आफैँ आउने छैन । हामी ल्याउनेछौँ । त्यसका लागि उत्साह, एकता, रुपान्तरणको दृढता राख्नोस् ।”

२०७९ पुष ११, सोमबार प्रकाशित 0 Minutes 418 Views