२०८१ बैशाख १८ मंगलवार

एकै दिन तोलामा १२ सय रुपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

हिजो प्रतितोला एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख तीन सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला  ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन मूल्य एक लाख एक हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार तीन सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९४ दशमलव आठ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

२०७९ पुष ८, शुक्रबार प्रकाशित 0 Minutes 442 Views

ताजा समाचार