२०८३ असार १० बुधबार

“१० वर्षमा छिया छिया पारिएको पार्टी बनाउन हामी आएका छौं”

झापा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो ८-१० वर्षमा नेपाली कांग्रेसलाई छिया-छिया पारिएको भन्दै नेताहरू प्रति कटाक्ष गरेका छन् । झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिले पार्टीलाई बनाउँछु भनेर आएको बेलामा अनेक प्रस्ताव गरेर अप्ठ्यारो पार्न खोजे नटेरेरै अघि बढ्ने बताएका हुन् ।

‘बीपी कोइरालाले बनाएको पार्टीलाई ८-१० वर्षमा छिया छिया पारियो । यसलाई बनाउँछु भनेर आएको बेलामा अप्ठ्यारो पार्ने गरी अनेक प्रस्ताव आउँछ भने मानिँदैन । नमानेरै अघि बढ्ने हो । हामी पार्टी बनाउन आएका छौं ।’ थापाले भने ।

उनले पार्टीको सदस्यता अध्यावधिक नगर्ने नेता कार्यकर्तालाई पनि चेतावनी दिए ।

‘सबै नेताहरूले महाधिवेशन भाग लिनुहोला । अनि मलाई क्षमा पनि गर्नुहोला । अध्यावधिक नगर्नु भएको नेतालाई म सम्मान गर्छु । तर सिस्टमले चिन्दैन । भोट हाल्न पाउनुहुन्न,’ उनले थपे, ‘अब वडाको अधिवेशन सुरु हुन्छ । क्षमा गर्नुहोला- अध्यावधिक नगर्नु भएका साथीहरूको नाम सिस्टममा आउँदैन ।’

२०८३ असार ९, मंगलवार प्रकाशित 1 Minute 74 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार