२०८१ बैशाख १७ सोमबार

रुसले युक्रेनमा आक्रमण सुरु गरेको एक वर्ष

रुसले युक्रेनमा आक्रमण सुरु गरेको एक वर्ष पुगेको छ । एक बर्षको युद्धमा हजारौंको मृत्यु भएको छ भने युक्रेनका महत्वपुर्ण पूर्वाधार ध्वस्त भएका छन । बर्ष दिन वित्दा पनि युद्ध अन्त्यको कुनै संकेत देखिएको छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युत्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पुगेको छ । गत वर्ष फेब्रुअरी २४ मा रुसलाइ युक्रेन देखि सुरक्षामा चुनौती भएको भन्दै रुसी राष्ट्रपति पुटिनले युक्रेनमाथि सैन्यकार्वाहि सुरुगरेका थिए । सैन्य कार्वाहिको रुपमा सुरु गरेको आक्रमणले अहिले युद्धको रुप लिएको छ । युक्रेन कब्जा गर्न आक्रमण सुरु गरेको रुसले राजधानी किभ कब्जा गर्ने प्रयासमा असफल भएसँगै द्वन्द्व युद्धमा परिणत भएको हो ।

एक वर्ष देखि जारी युद्धमा युक्रेनका हजारै सैनिक र नागरीकले ज्यान गुमाएका छन् भने लाखौ विस्थापीत भएका छन् । रुसलेपनि हजारौको संख्यामा आफ्ना सेनाहरु गुमाएको छ । युक्रेनमाथि रुसको मिसाइल आक्रमणका कारण युक्रेन्का सम्पूर्ण शहरहरू भग्नावशेषमा परिणत भएको छ ।

युक्रेन अमेरीका यूरोप र पश्चीमी देशहरुको सहयोगमा निर्भर छ यता रुसको अर्थतन्त्रमा पनि असर परेको देखिएको छ । पश्चिीमी देशहरुले रुुसको उर्जाको आयात कटौति गरेपछि रुसमा उर्जा निर्यातमा ठूलो गिराओट आएको हो ।रुस र युक्रेनबिचको युद्धले विश्वव्यापी रूपमा ऊर्जा लागत, खाद्य मूल्य, र अर्थव्यवस्था प्रभावित भएको छ ।

रुस र युक्रेन बिचको युद्ध विश्वकैलागि चुनौति बन्दै गएको छ । दुइ देश बिचको युद्ध आगामी दिनहरुमा अझ बढ्न सक्ने अनुमान विज्ञहरुले गरेका छन् । युक्रेनलाइ पश्चिमी देश, अमेरिका, जर्मनीले सैन्य सहायता दिदै आएका छन । आगामी दिनहरुमा पनि विभिन्न युद्ध ट्याङ्कहरू पठाउन सहमत भएका छन् ।

यो सहायतालाइ रुसले रिसले प्रतिक्रिया दिएको छ, यो निर्णयलाई “अत्यन्त खतरनाक“ भनेको छ र यसले द्वन्द्वलाई “टकरावको नयाँ तहमा“ लैजाने घोषणा गरेको छ । रुसले युद्ध हुनुमा पश्चीमी देश र अमेरिकालाइ दोषी ठहराएको छ । अमेरिकाले युक्रेनलाइ निरन्तर शैन्य सहायताका रपमा युद्ध ट्याङ्कहरू र आण्विक हतियारहरु पठाएको पनि आरोप लगाएको छ ।

 

२०७९ फाल्गुन ११, बिहीबार प्रकाशित 1 Minute 279 Views

ताजा समाचार