२०८१ बैशाख १७ सोमबार

देउवाको विकल्प खोज्न एकै ठाउँ उभिए महामन्त्रीमा उठेका चार जना

राजु अधिकारी

झापा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा फरक समूहबाट महामन्त्री पदमा प्रतिस्पर्धा गरेका पार्टीका चार जना चर्चित नेताहरू संसदीय दलमा सभापति शेरबहादुर देउवाको विकल्प खोज्ने मुद्दामा एकै ठाउँ उभिन आइपुगेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा महामन्त्रीमै प्रतिस्पर्धा गरेका मीनेन्द्र रिजाल र प्रदीप पौडेल दलको नेता परिवर्तन हुनुपर्ने मुद्दामा एकै ठाउँ उभिन आइपुगेका हुन्।

उनीहरू महामन्त्री गगन थापालाई  संसदीय दलको नेता बनाउने सवालमा एकै ठाउँमा उभिएका हुन्।

कांग्रेसको संस्थापनइतर पक्षले महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउने निर्णय गर्दा पार्टीभित्रको आन्तरिक समीकरणमा महत्वपूर्ण फेरबदल देखिएको छ।

महाधिवेशनमा शेखर कोइराला समूहबाट उम्मेदवार बनेर गगन महामन्त्री विजेता बन्दा विश्वप्रकाश शर्मा प्रकाशमान सिंह समूहबाट महामन्त्री चुनिएका थिए। शेखर समूहबाट उम्मेदवार बनेका मीनेन्द्र रिजाल र कृष्णप्रसाद सिटौला समूहबाट (संस्थापन पक्षको सहयोगमा) उम्मेदवार बनेका प्रदीप पौडेल महामन्त्रीमा पराजित भएका थिए।

महाधिवेशनका बेला यसरी तीनतिर फर्केका युवा नेताहरू गगनलाई दलको नेतामा प्रतिस्पर्धा गर्न लगाउने विषयमा एकै ठाउँ आइपुगेका हुन्। उनीहरूलाई महामन्त्रीको उम्मेदवार बनाउन समर्थन गरेका शीर्ष नेताहरूको आग्रहविपरीत उनीहरू गगनको पक्षमा उभिएका हुन्।

र बनाउन इन्कार गरेपछि शर्मा प्रकाशमान सिंह समूहको समर्थनमा महामन्त्री उम्मेदवार बनेर जित हात पार्न सफल भएका थिए। त्यसपछि भएको आमचुनाव अघि नै उनले गगनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने बताएका थिए।

पार्टीमा पुस्तान्तरण र रूपान्तरणको वकालत गर्दै यी नेताहरू गगनलाई दलको नेता बनाउने मुद्दामा एकै ठाउँ उभिँदा कुनैबेला युवा नेताहरूको समूह संयोगले एकै ठाउँमा उभिन पुगेका छन्। यसअघि गगन, धनराज, विश्वप्रकाशसहितको समूह कांग्रेसमा बनेको थियो।

विश्वप्रकाश पार्टीको प्रवक्ता बनेपछि यो समूहबाट शर्मा अलगजस्तै भएका थिए।

संस्थापन इतर समूहबाट शेखर कोइरालाको प्रस्तावमा गगन थापा दलको नेताको उम्मेदवार बन्ने र प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गर्ने तयारी हुँदा पार्टी उपसभापति धनराज गुरूङ, महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले थापाको उम्मेदवारीको समर्थन गरेका छन्।

२०७९ पुष ५, मंगलवार प्रकाशित 0 Minutes 561 Views

ताजा समाचार