२०८१ बैशाख १६ आईतवार

बागलुङमा एकदशक बितिसक्दा समेत हात्तीपाइले रोग निवारण हुन सकेन

बागलुङमा एकदशक बितिसक्दा समेत हात्तीपाइले रोग निवारण हुन सकेको छैन । बढीमा ६ पटक हात्तीपाइले रोगको औंषधी खाए पुग्ने स्वास्थ्य सम्बन्धि मापदण्ड भएपनि नसक्दा १४ औं पटक औषधी खुवाएर निवारण गर्ने तयारी भइरहेको छ ।‘हात्तिपाइले रोगको औषधी खाऔं यो वर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नाराका साथ बागलुङमा १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने भएको छ ।

बागलुङ नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको नगरपालिका स्तरीय योजना तथा बहुनिकाय गोष्ठी आयोजना गरि हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउनका लागि १४ वटै वडाका जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीलेनै औषधि खुवाउने योजना बनाएको हो । ३ सय जनामा गरिएको नमुना सर्वेमा १ जनामा हात्तिपाइले रोगको परजीवि देखिएपछि नगर स्वास्थ्य शाखाले यस रोगलाई निर्मुल गर्न १४ औं पटक अभियान संचालन गर्न लागेको हो ।

हात्तीपाइले रोगको औंषधि खुलाउन समुदायस्तरमा र गाउँ गाउँका सामुदायिक बिद्यालयमा पुगेर सबैलाई सुचना दिएर खुवाउने योजना बनाएको बागलुङ नगरपालिका स्वास्थ शाखाले जनाएको छ ।अहिलेसम्म भएको कमजोरी लाई आत्मसात गरेर सबै जनप्रतिनिधि समुदाय सबै लागेर अर्को पटक देखि हात्तीपाइले रोगको औंषधी खुवाउने कार्यक्रम बनाएको बागलुङ नगरपालिकाले जनाएको छ ।
गतबर्ष गरिएको औषधी खुवाउने प्रयास प्रभावकारी नभएको हुनाले यसबर्ष सबैलाई हात्तीपाइले रोग बिरूद्वको औषधी खुवाउने अभियान रहेको बागलुङ नगरपालिकाले जनाएको छ ।

१३ औं पटक पूरा गर्दासम्म पनि जिल्लामा यस रोगबाट संक्रमित भएका मानिस फेला परेपछि १४ औं पटक अर्थात अन्तिम पटक फागुन ११ गतेबाट औषधी खुवाउने तयारी गरिएको जनाइएको छ ।

२०७९ माघ २६, बिहीबार प्रकाशित 0 Minutes 343 Views

ताजा समाचार