पटेलले लिए भारतविरुद्ध एक्लै १० विकेट

एजेन्सी । न्युजिल्यान्डका स्पिनर अजाज पटेलले भारतसँगको दोस्रो टेस्ट खेलको पहिलो इनिङमा एक्लै १० विकेट लिएका छन् । वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको भारत दोस्रो दिन ३ सय २५ रनमा अल आउट भयो ।

स्पिनर अजाज पटेलले ४७.५ ओभरमा १२ मेडन खर्चेर १ सय १९ रन खर्चेर १० विकेट लिए । उनी टेस्टमा १० विकेट लिने तेस्रो खेलाडी हुन् । यसअघि भारतीय स्पिनर अनिल कुम्बले र इंग्ल्यान्डका जिम लेकरले १०–१० विकेट लिएका थिए । कुम्बलेले पाकिस्तानविरुद्ध दिल्लीमा १९९९ र लेकरले अष्ट्रेलियाविरुद्ध १९५६ मा म्यानचेस्टरमा उक्त सफलता हात पारेका थिए ।

भारतका ओपनर मयंक अग्रवालले ३ सय ११ बलमा १७ चौका र ४ छक्का सहित सर्वाधिक १ सय ५० रनको योगदान दिए । तल्लोक्रमका अक्षर पटेलले ५२ रनमा आउट भए । ओपनर मयंक अग्रवाल र सुभमन गिलले पहिलो विकेटका लागि २७.३ ओभरमा ८० रन जोड्दै राम्रो सुरुवात दिए । पटेलले नै गिललाई रस टेलरबाट ४४ रनमा क्याच आउट भए । ७१ बल खेल्दै गिलले ७ चौका र १ छक्का प्रहार गरे ।

स्पिनर अजाज पटेलले ३० औं ओभरमा दुई प्रमुख ब्याटरलाई शून्यमा गुमाएको थियो । दोस्रो बलमा चेतेश्वर पुजालाई शून्यमा बोल्ड भए। अन्तिम बलमा विराट कोहली एलबीडब्लू धरापमा परे । पटेलले श्रेयस ऐरलाई १८ रनमा क्याच आउट गराएका थिए । दुई टेस्ट खेलको सिरिज अन्तर्गत पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो टेस्टमा न्युजिल्यान्डका कप्तान केन विलियम्सन चोटका कारण टोलीमा छैनन् । भारतका अजिक्या रहाणे र रविन्द्र जडेजा पनि टोलीमा छैनन् ।