२०८१ बैशाख १७ सोमबार

भारतलाई तीन–एक गोल अन्तरले हराउँदै नेपाल फाइनलमा

 

नेपाल साफ यू ट्वान्टी महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भारतलाई तीन–एक गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले एक सान्त्वना गोल गरिन् । नेपालले एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई हराएको हो ।

जितसँगै नेपालले तीन खेलमा छ अंक जोड्यो । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ ।अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ । अन्तिम खेलपछि भारतको चार अंक भएको छ । भुटानसँग खेल्नुअघि बंगलादेशको पनि चार अंक छ । बंगलादेशलाई फाइनलमा पुग्न बराबरी भए पुग्छ । भारत भने बंगलादेशले हारेमात्रै फाइनलमा पुग्नेछ ।

 

२०७९ माघ २४, मंगलवार प्रकाशित 1 Minute 226 Views

ताजा समाचार