काठमाडौँ — सुनको मूल्य प्रतितोला २२ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा २२ सय रूपैयाँले घटेको हो ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आज घटेर प्रतितोला १ लाख ६० हजार रूपैयाँमा सुन कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ३५ रूपैयाँले घटेको छ । बुधबार १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भएकोमा आज १ हजार ९ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



