२०८३ असार १७ बुधबार

झापाको कमलमा आगलागी, एक घर जलेर नष्ट

झापाको कमल गाउँपालिका-२ समयगढमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज बिहान अन्दाजी ३ बजे समयगढ बस्ने चन्द्र श्रेष्ठको घरमा अचानक आगलागी भएको हो ।

आगलागीबाट श्रेष्ठको बाँसको भाटाको टाटी बेरा, टिनको छाना भएको एकतले घर जलेर नष्ट भएको छ । आगलागीबाट घर र घरमा भएका भाडा वर्तन, अन्नपात, लत्ताकपडा पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी ३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोली ,स्थानीयवासी र कमल गाउँपालिकाको दमकलको सहयोगमा बिहान ५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको जनाइएको छ ।

२०८१ कार्तिक २५, आईतवार प्रकाशित 1 Minute 428 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।