२०८३ असार १७ बुधबार

काँकरभिट्टामा ८ दिने योग अभिमूखिकरण कार्यक्रम हुने

मेचीनगर । झापाको काँकरभिट्टामा ८ दिने योग अभिमूखिकरण कार्यक्रम हुने भएको छ ।पाताञ्जल योग समिति काँकरभिट्टा साधना केन्द्रको आयोजनामा कार्यक्रम गरिन लागेको साधना केन्द्रकी योग प्रशिक्षक रेखा ढकाल पराजुलीका अनुसार यही कार्तिकको २४ गते देखि मंसीर १ गते सम्म कार्यक्रम संचालन हुने भएको हो । प्रशिक्षक पराजुलीका अनुसार काँकरभिट्टा स्थित सामुदायिक भवन(टाउन हल)मा कार्यक्रम आयोजना गरिने छ ।उनका अनुसार बिहान ४ः४५ देखि योग अभिमूखिकरण अर्थात योग प्रशिक्षण गरिने छ । पाताञ्जल योग समिति कोशी प्रदेशको समन्वयमा हुन लागेको कार्यक्रममा काँकरभिट्टा साधना केन्द्रले कार्यक्रममा सहभागिताका लागि ईच्छुक सबैलाई अपिल समेत गरेको छ । दिपावलीका अवसरमा योग साधना केन्द्रले स्वास्थ्य सन्देश सहितको देउसी भैली कार्यक्रम संचालन गरेको थियो ।

२०८१ कार्तिक २१, बुधबार प्रकाशित 0 Minutes 185 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।