२०८३ असार १७ बुधबार

तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो सुन

काठमाडौँ —  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ तोकेको छ ।

यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो जुन अहिलेसम्मै महँगो थियो ।

यस्तै चाँदीको मूल्यमा प्रतितोला ६० रुपैयाँले घटेको छ । महासङ्घले एक तोला चाँदीको मूल्य २ हजार ३० रुपैयाँ तोकेको छ । यसअघि तिहारको बिदाअघि चाँदी प्रतितोला २ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।

२०८१ कार्तिक २०, मंगलवार प्रकाशित 0 Minutes 231 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।