२०८३ असार १७ बुधबार

सात दिनदेखि हराइरहेकी झापाकी विजिता धानबारीमा मृत भेटिइन्

कनकाई । सात दिनदेखि हराइरहेकी झापा कनकाई नगरपालिका- २ की विजिता भण्डारी (माइली) मृत अवस्थामा फेला परेकी छन् । सुरुङ्गा- ३ स्थित ह्याप्पी ल्यान्ड छेउको धानबारीमा उनको शव आज दिउसो १२ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शवलाई पोस्टमार्टमको लागि भद्रपुर अस्पताल पठाइएको छ । के कारणले माइलीको मृत्यु भयो भन्ने बारे खुलेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । माइली असोज ३ गते देखि हराएकी थिइन । २१ वर्षीय माइली मानसिक र शारीरिक रुपमा कमजोर रहेकी थिइन ।

२०८१ आश्विन १०, बिहीबार प्रकाशित 1 Minute 394 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।